इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर भक्तपुरको दुवाकोटामा



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ दुवाकोटामा १७ औँ एक्सटेन्सन १७ औँ काउन्टर विस्तार गरेको छ । नयाँ खुलेको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालित हुने बैंकको विस्वास छ ।

साथै ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पुर्याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको बैंकले जनाएको छ ।

हाल बैंकले ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले अनुकरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म बैंक अफ द इयर अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीद्वारा ‘बेस्ट बैंक–२०१८’ युरोनोमी अवार्ड प्राप्त गरिसकेको छ । साथै, इक्रा नेपाल ९इन्टरनेसनल क्रेडिटरेडिङ एजेन्सी–नेपाल० द्वारा ए प्लसको क्रेडिट रेटिङ पनि प्राप्त गरिसकेको छ ।


क्लिकमान्डु