ज्योति विकास बैंकद्वारा अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाललाई सहयोग



काठमाडौं । ज्योति विकास बैंकले दृष्टिबिहीनका शिक्षाको सहजताका हेतुले स्थापित अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाललाई कम्प्युटर प्रदान गरी सहयोग गरेको छ ।

बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालको श्रव्य पुस्तकालयका लागि बुधबार ५ थान कम्प्युटर प्रदान गरेको हो । सामाजिक हितका लागि बैंकले स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत् उक्त सहयोग प्रदान गरिएको हो ।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालका अध्यक्ष रमेशबावु तिवारीलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक पारसराज कँडेल, सहायक महाप्रबन्धक रामहरि आचार्य तथा संस्थाका उपाध्यक्ष कोपिला गुरुङर सल्लाहकार सदस्य डा. गोविन्द आचार्यका पनि उपस्थिति थियो ।

अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालले देशभरिका दृष्टिबिहीन विद्याथी का शिक्षाका हक सुनिश्चित गरी सहज जीवनयापनका लागि अन्य नागरिक सरह सक्षम बनाउन पुस्तक डिजिटलाइज गराइ श्रव्यमैत्री बनाउँदै आएको छ ।

यस परियोजनाले बैंकबाट प्राप्त कम्प्युटर पनि श्रव्य पुस्तक उत्पादन, वितरण तथा विद्यार्थीहरुको प्रयोगका लागि उपयोग गर्नेछ ।


क्लिकमान्डु