साधारणसभा र बुक क्लोजको मिति नै नतोकी देवको ८.५५% लाभांश प्रस्ताव



काठमाडौं । देवः विकास बैंकले सेयर लगानीकर्ताहरुलाई ८.५५ प्रतिशत बोनस दिने भएको छ ।

बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको जानकारी अनुसार बैंकले हालको चुक्ता पुँजी  अर्ब १७ करोड ७१ लाख ९२७ रुपैयाँको ८.५५ प्रतिशत बोनस दिन लागेको हो ।

बैंकले बोनसको लागि भन्दै २७ लाख १६ हजार ४२१ रुपैयाँ २९ पैसा छुटट्याएको छ । बैंकले लगानीकर्तालाईहरुलाई नगद लाभांश भने नदिने भएको छ । बैंकले बोनसको घोषणा गरेपनि बार्षिक साधारण सभा नतोकेकोले सेयर दाखिला  खारेज बन्द हुने मिति पनि तोकेको छैन ।

बैंकको उक्त लाभांशको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु