बीमासहित बैंक अफ काठमाण्डूको ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक



काठमाडौं । बैंक अफ काठमाण्डूले ग्राहक महानुभावहरुको उच्चतम लाभ तथा सुरक्षालाई मध्यनजर गर्दै ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ ।

“सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहकले ११ लाख रुपैयाँ सम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुबिधा पाउने छन् । उक्त मुद्दती खाता २५ हजार देखी नै खोल्न सकिने र ग्राहकले उक्त खाता खोली बीमा लगायत सुबिधा पाउने छन् ।

बीमा सुबिधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख तथा औषधी उपचारको लागि १ लाखको बीमा सुबिधा अन्र्तगत बहिरंग (ओपीडी)को लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार सम्मको बिमा सुबिधा उपयोग गर्न सक्नेछन् ।

बिमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लाई भुक्तानी गर्नेछ ।
हालसम्म बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।


क्लिकमान्डु