सेञ्चुरी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नवौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकादेखि लिएर वृद्धवृद्धासमेत सहभागी उक्त शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ३५ जना भन्दा बढीको सहभागी थियो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको वार्षिक कार्यक्रममा बैंकले महेन्द्र माध्यामिक विद्यालय हेलम्बु-६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेको छ ।

त्यसैगरी बैंकले आवर चाइल्ड केयर नामक अनाथ आश्रमलाई खाद्य सामग्री पनि प्रदान गरेको छ ।


क्लिकमान्डु