माछापुच्छ्रे बैंकबाट सुमन शर्मा बाहिरिए, कामू सीइओ जिम्मा सन्तोष कोइरालालाई



काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट सुमन शर्माले छाडेका छन् ।

बैंकले नेप्सेमा पठाएको पत्रमा शर्माको कार्यकाल चैत १ देखि समाप्त भएको जानकारी दिएको छ । शर्मा दुई वर्ष अगाडि माछापुच्छ्रे बैंकमा सीइओ बनेका थिए ।

बैंकले कामू सीइओको जिम्मा नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई दिएको छ । शर्मा माछापुच्छ्रे बैंकमा आउनु अगाडि ग्लोबलमा थिए । ग्लोबलमा उनी शर्मा माछापुच्छ्रे बैंकबाट नै गएका थिए ।

कोइराला भने सानिमा बैंकबाट माछापुच्छ्रेमा आएका हुन् । 


क्लिकमान्डु