सबैभन्दा धेरै कमाउने विश्वका १० महिला, जसले एउटै कार्यक्रम गरेबापत कराेडाैं लिन्छन्



मार्च महिना, अन्तर्राष्ट्रिय स्तरमा महिला दिवस मनाइने महिना । पुरुषको बाहुल्यता रहेको समाजबाट निस्केर विश्व जित्ने महिलाहरु कमै छन् । पछिल्लो समयमा यस्ता महिलाहरुको उदय विस्तारै भइरहेको छ ।

त्यसैले पछिल्लो समय विश्वका धनीहरुको सूची हेर्ने हो भने पुरुषसँगै महिलाका नाम र तस्बिर देखिन थालेका छन् ।

महिला पनि उत्तिकै सक्षम छन् भन्ने केही महिलाहरुले प्रमाणित गर्न थालेका छन् । जसले विस्तारै समाज पनि परिवर्तन हुँदैछ भने लैंगिक विभेद पनि विस्तारै कम हुँदैछ ।

आज हामी विश्वका यस्ता १० महिलाका बारेमा चर्चा गर्दैछौं । जसलाई फोब्र्सले सबैभन्दा बढी पैसा कमाउने महिलाको सूचीमा राखेको छ । जसमा विभिन्न क्षेत्रका महिला छन् ।

१) केइली जेनर


अमेरिकी मिडिया पर्सनालिटी, टेलिभिजनकर्मी तथा केइली कस्मेटिक्स कम्पनीकि संस्थापक समेत रहेकी केइलीको आम्दानी १६६.५ मिलियन अमेरिकी डलर छ । कम उमेरमा यति ठूलो ख्याती कमाएकी उनको प्रसंशा संसारभरी हुँदै आएको छ ।

२) जुडी सेइन्डलिन


टेलिभिजनकर्मी समेत रहेकी उनी विगत २ दशकदेखि कार्यक्रम सञ्चालन गदैै आएकी छन् । उनको कमाइ १४७ मिलियन अमेरिकी डलर छ ।

३) इलेन डेजेनेर्स


मिडिया पर्सनालिटी समेत रहेकी इलेन टेलिभिजनका पर्दामा मात्रै होइन संसारभर निकै चर्चित छिन् । उनको शोमा जानकै लागि सेलिब्रेटीहरु मरिहत्ते गर्छन् । उनले नेटफिल्क्समा एउटा शोका लागि मात्रै २० मिलियन अमेरिकी डलर लिएकी थिइन् । उनको कुल कमाइ ८७.५ मिलियन अमेरिकी डलर छ ।

४) क्याटी फेरी


विश्वकै सबैभन्दा चर्चित अभिनेत्रीका रुपमा परिचित क्याटी फेरिले एउटा कार्यक्रमका लागि ८३ मिलियन अमेरिकी डलर शुल्क लिन्छिन् । उनले एक रात कार्यक्रम गरेको मात्रै १ मिलियन अमेरिकी डलर लिन्छिन् । ट्विटरमा सबैभन्दा बढी फलोअर्स भएकी तेस्रो व्यक्ति हुन् । उनलाई अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र गायक जस्टिन विवरपछि तेस्रो नम्बरमा धेरै फलोअर्स भएको व्यक्तिका रुपमा चिचिन्छ ।

५) टेलर स्वीफ्ट


टेलर स्वीफ्ट गायिकले एउटा कार्यक्रमका लागि ८० मिलियन अमेरिकी डलर लिन्छिन् । उनको रेपुटेसन नामक एल्मब अमेरिकामा एक सातामा मात्रै १२ लाख प्रति बिक्री भएको थियो । उनले विश्वयात्राका दौरानमा उक्त रकम लिने गरेकी छन् ।

६) किम कार्डेन्सेन वेस्ट


अमेरिकन मिडियाकर्मी, मोडल, बिजनेस वुमन, सामाजिक अभियन्ता तथा अभिनेत्री समेत रहेकी किमले एउटा कार्यक्रमका लागि ६७ मिलियन अमेरिकी डलर शुल्क आम्दानी गर्छिन् ।

७) बियोन्स


बियोन्सले एउटा कार्यक्रम गरे वापत ६० मिलियन अमेरिकी डलर शुल्क लिन्छन् । उनको कार्यक्रम सुन्न विश्वभरबाट मानिसहरु जम्मा हुन्छन् ।

८) जेके रवलिङ


प्रसिद्ध ह्यारि पोर्टर पुस्तक लेखिका जेके रवलिङ पनि धेरै कमाउने महिलाको सूचीमा अग्रस्थानमा छिन् । फोब्र्सका अनुसार उनले एउटा पुस्तकका लागि ५४ मिलियन अमेरिकी डलर लिएकी थिइन् ।

९)पिंक


फेसनको संसारमा प्रख्यात नामले एउटा कार्यक्रमका लागि ५२ मिलियन डलर लिन्छिन् । उनको फेसन स्टाइल विश्वभरी नै चर्चित छ । उनले एउटा कार्यक्रमका लागि मात्रै उक्त रकम लिँदै आएकी छन् ।

१०) लेडी गागा


प्रसिद्ध अमेरिकी गायिका लेडी गागाले एउटा टुरका लागि मात्रै ५० मिलियन डलर शुल्क लिन्छिन् । उनको फेसनको स्टाइल र गीतका विश्वभरी नै पारखी छन् । उनको पोकर फेस लगायतका गीतहरु चर्चित छन् ।


क्लिकमान्डु