यस बैंकका संस्थापक राणा कपुर पक्राउ, ११ मार्चसम्म हिरासतमा राख्न निर्देशन



भारतीय बैंक ‘यस’का संस्थापक राणा कपुर पक्राउ परेका छन् । पैसाको संकटबाट गुज्रिरहेको बैंकका संस्थापक कपुरलाई आइतबार विशेष अदालतले ११ मार्चसम्म प्रवर्तन निर्देशनालयमा हिरासतमा पठाएको छ ।

कपुरलाई शनिबार बिहान इडीले सोधपुछका लागि कार्यालयमा बोलाएको थियो । जाँचमा सहयोग नगरेको आरोपमा आइतबार दिउँसो ३ बजे उनलाई गिरफ्तार गरिएको थियो ।

अधिकारीहरुका अनुसार २ हजार करोड भारुको लगानी, ४४ पेटिन्सन र १२ वटा सेल कम्पनीहरु इडीको जाँचको दायरामा छन् । यस बैंकको वर्तमान हालतलाई मध्यनजर गर्दै रिजर्भ बैंक अफ इन्डियाले ग्राहकलाई बढीमा एक महिनामा ५० हजार भारु निकाल्न सकिने नियम बनाइदिएको छ ।

गत मार्च ६ मा इडीले कपुरको समुन्द्र महल टावरमा छापा समेत मारेको थियो । इडीका अधिकारीका अनुसार जाँचका क्रममा केही कागजपत्र प्राप्त भका छन् । जसले कपुरसँग लन्डनमा पनि केही सम्पत्ति भएको पुष्टि भएको छ ।

अब इडीले उक्त सम्पत्ति हासिल गर्नका लागि प्रयोग भएको रकमको स्रोत समेत अनुसन्धान गरिरहेको छ । इडीले कपुरका विरुद्ध शुक्रबार कारबाही शुरु गरेको थियो । सोही दिन उनको घरमा छापा मारिएको थियो ।

जाँचमा एजेन्सीका विरुद्ध टिमले मुन्बईस्थित समुन्द्र महल टाँवरस्थित कपुरको घरमा अबेर रातिसम्म छानबिन समेत गरेको थियो ।


क्लिकमान्डु