वोमी लघुवित्तमा खरिदकर्ता र बिक्रीकर्ताको बराबर चाप, सेयर मूल्य के होला ? (प्राविधिक विश्लेषण)



वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.५१ प्रतिशत अर्थात् १ करोड ५३ लाख रुपैयाँ बढी हो । कम्पनीले गत आवको २ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

वोमीले ७८ करोड १६ लाख रुपैयाँ निक्षेप र १ अर्ब २० करोड ७७ लाख रुपैयाँ सापटीबाट २ अर्ब ३७ करोड ६५ लाख कर्जा लगानी गरेको छ । गत आव पुस मसान्तमा निक्षेप ५३.७८ प्रतिशत, सापटीमा ५२.६१ प्रतिशत तथा कर्जा तथा लगानीमा ६१.७० प्रतिशतले वृद्धि गरेको छ ।

यस लघुवित्तले ९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३ करोड ८६ लाख बढी हो । त्यस्तै अन्य सञ्चालन आम्दानी १.७६ प्रतिशतले गिरावट आएको छ ।

लघुवित्तको सञ्चालन मुनाफा २ करोड ४८ लाख रुपैयाँ बढेर ६ करोड ६० लाख पुगेको छ । कर्मचारी खर्च २३.३५ प्रतिशतले बढेर ३ करोड २३ लाख तथा अन्य सञ्चालन खर्च ४१.६२ प्रतिशतले बढेर १ करोड ३४ लाख रुपैंया पुगेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा यस्तो व्यवस्थावापत ६० लाख ८५ हजार रुपैयाँ छुट्याएको यस लघुवित्तले चालु आवको सोही अवधिमा ९४ लाख ३० हजार रुपैयाँ छुट्याएको छ । त्यसको प्रभाव लघुवित्तको निष्क्रिय कर्जा ०.७३ प्रतिशतबाट बढेर १.०३ प्रतिशत पुगेको छ ।

चुक्ता पूँजी १४९.८६ प्रतिशतले बढेर १० करोड १० लाखबाट बढेर २५ करोड २५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बोनस पूँजीकरण पश्चात भने ३० करोड ३० लाख पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको जगेडा कोषमा १५ करोड ९३ लाख रुपैयाँ सञ्चित छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११०.८८ प्रतिशत् अर्थात् ८ करोड ३७ लाख बढी हो । गत आवको सोही अवधिमा ७ करोड ५५ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरण अनुसार ५१ रुपैयाँ ९४ पैसा रहेको लघुवित्तको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ४७.१३ प्रतिशतले घटेर २७ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको प्रतिसेयर आम्दानी घटेको हो । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.४५ गुणा तथा प्रतिसेयर नेटवर्थ १५२.५६ रुपैयाँ पैसा कायम भएको छ । लघुवित्तले नागरिक लघुवित्त वित्तीय संस्थासँग गाभ्ने र गाभिने स्वीकृती प्राप्त गरी गत मंसिर ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो ।

राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृती पाएको यस लघुवित्तले हाल ३८ जिल्लामा ६१ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

मैनबती आकृति विश्लेषण

यस साता बिहीबार कारोबार बन्दहुँदा वोमी लघुवित्तको स्याडो बुलिस आकृति बनेको छ । यस आकृतिमा माथिल्लो र तल्लो भागमा समान आकारको स्याडो बनेको छ । यदी बिहीबार मैनबत्तीलाई एक घन्टे क्यानडल चार्ट हेर्दा उच्च खरिदकर्ता आकर्षक भएको देखिन्छ । मैनबत्ती आकृतिले खरिदकर्ता तथा बिक्रीकर्ताको चापको देखाउँछ ।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स

यस साताको बिहीबार मात्र वोमी लघुवित्त वित्तिय संस्थाको कारोवार बन्दहुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ८८ स्केलबाट सुधार भएसँगै ४६.०७ को स्केलमा पुगेको छ । बैंकको कारोबार भोलुम गिरावट छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

वोमी लघुवित्त वित्तीय संस्था मार्च २, २०२० मा एमएसीडीले सिग्नल लाइनलाई बियरिश क्रस छ र हिस्टोग्राम बिस्तारै सेन्ट्रल लाइनभन्दा मुनि गरेको छ । यसले मूल्य घट्ने सम्भावना छ । एमएसीडीमा २ वटा रेखा हुन्छन् जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ ।

कमोडीटि च्यानल इन्डेस्क

बिहीबार कारोबार बन्दसँगै कमोडिटी च्यानल इन्डेस्कले ऋणात्मक १८० बाट ऋणात्मक ७६ स्केलमा आएको देखाउँछ । यस सीसीआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दामाथि गयो भने बढ्ने र ऋणात्मक १०० को स्केलभन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

बोलिन्जर ब्याण्ड

बोलिन्जर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांकशास्त्रको स्ट्यान्डर्ड डेभिएसनको शुत्र प्रयोग भएकोले एक आपसमा निश्चित दूरी तय गर्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । वोमी लघुवित्त वित्तिय संस्थाको बोलिन्जर ब्याण्डले चार्टमा मूल्यले माथिलो ब्याण्ड तथा मिडल ब्याण्ड ब्रेक गरेको छ । अहिले तल्लो ब्याण्ड तिर बढेको छ । यसले बैंकको मूल्य तत्काल ठूलो उतारचढाव कम हुने जनाउँछ ।

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमाससम्ममा २ करोड ६२ लाख रुपैयाँ नाफाबाट ४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै निक्षेपमा ५३.७८ प्रतिशत, सापटीमा ५२.६१ प्रतिशत तथा कर्जा तथा लगानीमा ६१.७० प्रतिशतले वृद्धि गरेको छ । अन्य सञ्चालन आम्दानी १.७६ प्रतिशतले गिरावट आएको छ भने कर्मचारी खर्च २३.३५ प्रतिशत तथा अन्य सञ्चालन खर्च ४१.६२ प्रतिशतले पुगेको छ ।

गत आवमा ६० लाख ८५ हजार रुपैयाँ जोखिम व्यवस्थापन कोषमा यस आवमा ९४ लाख ३० हजार रुपैयाँ छुट्याएको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको प्रतिसेयर आम्दानी घटेको छ । वोमी लघुवित्तले लाभांश दर संशोधन गरी २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसअघि २० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकद्वारा ग्राहक संरक्षण कोषमा रकम छुट्याएर पर्ने व्यवस्थापन पश्चात परिमर्जिन गरिएको हो । यस संशोधनले लगानीकर्तामा केही अन्योल सिर्जना भएको थियो ।

वोमी लघुवित्त वित्तीय संस्थाले मूल्य करिब ३८ प्रतिशतभन्दा बढीले सुधार भएको छ । यस महिनाको शुरुवातमा १३७५ सम्म पुगेको कम्पनी बिहीबार कारोबार बन्द हुँदा १०५१ सम्म आयो ।

विभिन्न प्राविधिक परिसूचकहरुले मिश्रित संकेत गरेको देखिन्छ । मैनबती आकृतिले मैनबत्ती आकृतिले खरिदकर्ता तथा विक्रीकर्ताको चापको देखाउछ। १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्सले ८८ स्केलबाट सुधार भएसँगै ४६.०७ को स्केलमा पुगेको हुँदा अर्को बुलिश क्याडल कुरेर खरिद गर्दा बुद्धिमानी हुनेछ । ५० दिने मुभिङ एभरेजमा टेवा पाए बमोजिम बोलिन्जर ब्याण्डमा माथिलो ब्याण्ड तथा मिडल ब्याण्ड ब्रेक गरेर तल्लो ब्याण्ड तिर बढेकाले तत्काल ठूलो उतारचढाव कम हुने जनाउँछ ।

Balance Sheet
Particular 2019/20 Q2 2018/19 Q2 %
Paid Up Capital 252,576 101,088 149.86%
Reserves and Surplus 159,311 75,546 110.88%
Borrowings 1,207,775 791,408 52.61%
Deposits 781,682 508,307 53.78%
Loan and Advances 2,376,516 1,469,697 61.70%
Income Statement
Net Interest Income 96,913 58,247 66.38%
Other Operating Income 24,401 24,838 -1.76%
Staff Expenses 32,383 26,253 23.35%
Other Operating Expenses 13,444 9,493 41.62%
Operating Profit Before Provision 75,487 47,339 59.46%
Provision for Possible Losses 9,430 6,085 54.97%
Operating Profit 66,057 41,254 60.12%
Net Profit/Loss 41,616 26,253 58.52%
Key Indicators
EPS (Annualized) 27.46 51.94 -47.13%
Book Value per Share 163.07 174.73 -6.67%
Capital Fund to RWA 18.04% 12.47% 5.57%
Non-Performing Loan (NPL) to Total Loan 1.03% 0.73% 0.30%
Cost of Funds 10.48% 10.94% -0.46%

 


क्लिकमान्डु