कोरोना प्रभावः चीनबाट भारत आएको बिरालोलाई चीन पठाइने



कोरोना भाइरसको त्रास यतिबेला विश्वव्यापी छ । मानिसहरु यसबाट बच्नका लागि विभिन्न उपायहरु सुझावका रुपमा प्रस्तुत गरिरहेका छन् ।

चीनको हुवेइ प्रान्तमा जनावरबाट शुरु भएको भनिएको कोरोना भाइरसले यतिबेला भारतको चेन्नइमा समेत चर्चा पाएको छ । जसमा जनावरबाट टाढै रहन सुझाव पनि छ ।

प्रसंग हो, एउटा बिरालोको ।

२० दिनअघि कन्टेनरमार्फत् चीनबाट भारतको चेन्नइ आइपुगेको यो बिरालोमा कोरोना भाइरसको भएको आशंका गरिएको छ । जसका कारण बिरालोलाई यतिबेला चेन्नइ विमानस्थलमा थुनेर राखिएको छ ।

भारत सरकारले बिरालोलाई चीन पठाउने तयारी गरेको छ । तर मानिसहरु भने यसको विरोधमा उत्रिएका छन् । उनीहरुले बिरालोलाई चीन पठाउन नहुने माग गर्दै आएका छन् ।

उनीहरुले चीनमा बिरालो पठाइयो भने यसलाई काटेर मासु खान्छन भन्ने तर्कका आधारमा बिरालोलाई भारतमै राख्नुपर्ने माग गर्दै आएका छन् ।

चीनबाट भारत सामान बोकेर आएको पानीजहाज सिंगापुर, कोलम्बो हुँदै आएको थियो । यिनै गन्तव्यमा बिरालो कन्टेनरमा प्रवेश गरेको हुन सक्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु