भारतमा बिटक्वाइनको कारोबारमा लागेको प्रतिबन्ध हट्यो, बैंकले आपसी लेनदेनमा प्रयोग गर्न सक्ने



नयाँ दिल्ली । भारतमा क्रिप्टोकरेन्सी बिटक्वाइनमाथि लागेको प्रतिबन्ध हटेको छ । भारतको सर्बोच्च अदालतले रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)ले लगाएको प्रतिबन्ध हटाउने फैसला गरेको हो ।

सन् २०१८ मा आरबीआईले निर्देशिका जारी गरेर बिटक्वाइनको कारोबारमा रोक लगाएको थियो । सर्बोच्च अदालतको फैसलासँगै भारती नागरिकले बिटक्वाइन खरिद र बिक्री गर्न सक्नेछन् ।

विश्वमा धेरै खाले क्रिप्टोकरेन्सीहरु रहो छन् । जसमा बिटक्वाइन प्रमुख हो । अहिले एक बिटक्वाइन बराबर ९ हजार अमेरिकी डलरपर्छ ।

पछिल्लो एकवर्षमा बिटक्वाइनको मूल्यमा ठूलो उतारचढाव आएको छ ।

भारतमा प्रतिबन्ध भएपछि बिटक्वाइनको कारोबार हुने गरेको छ । प्रतिबन्ध हटेपछि यसको कारोबार बढ्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु