कोरोना प्रभावः भारतले औषधी निर्यातमा रोक लगायो



कोरोना भाइरसको बढ्दो संक्रमणको जोखिमलाई ध्यान दिँदै भारत सरकारले औषधी निर्यातमा रोक लगाएको छ ।

भारत सरकारले मंगलबारदेखि लागू हुने गरी सिटामोल, भिटामिन बी १, बी ६, बी १२लगायत २६ प्रकारका औषधि निर्यातमा रोक लगाएको हो । जसको असर नेपालमा समेत देखिने सम्भावना बढेको छ ।

सिटामोल सबैभन्दा बढी प्रयोग हुने औषधिमध्येमा पर्छ ।

भारतमा उत्पादन हुने ७० प्रतिशतभन्दा बढी औषधिको कच्चा पदार्थ चीनबाट आयात हुने र अहिले आयात ठप्प भएपछि निर्यातमा रोक लगाइएको हो ।

भारतले औषधि निर्यातमा रोक लगाएसँगै त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ । भारतले विश्वका विभिन्न देशमा औषधि निर्यात गर्दै आएको छ ।

गत वर्ष अमेरिकाले आयात गरेको औषधिको एक चौथाई हिस्सा भारतीय कम्पनीबाट भएको थियो । त्यसैले पनि यसको असर विश्वका अधिकांश देशमा हुने आँकलन गरिएको छ ।

भारतमा पनि कोरोना भाइरसका संक्रमित पत्ता लागिसकेका छन् ।


क्लिकमान्डु