विच्याट एपमा कोरोना भाइरस र राष्ट्रपति सी चिनफिङको आलोचना गर्न नपाइने



चीनको प्रसिद्ध म्यासेजिङ विच्याट एपमा कोरोना भाइरसलाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना हुने विषयलाई ब्लक गर्ने भएको छ ।

क्यानडाको टोरन्टोमा रहेको अनुसन्धान समूह सिटिजन ल्यावले वि च्याटले त्यस्ता शब्दहरुलाई ब्लक गरेको पत्ता लगाएको हो । कोरोना भाइरसको संक्रमण फैलिएसँगै चिनियाँ कम्पनीले त्यस्ता शब्दहरुलाई ब्लक गरेको हो ।

चीनले लामो समयदेखि आफ्ना नागरिकको सूचनाको हकमा सेन्सर गर्दै आएको छ । चीन सरकारले आधिकारिक रुपमा कोरोना भाइरसको संक्रमणको घोषणा गर्नुभन्दा एक साता पहिलेदेखि नै त्यस्ता शब्द ब्लक गरेको रिपोर्टमा उल्लेख छ ।

चीन सरकारले गत डिसेम्बर ३१ मा पहिलो पटक विश्व स्वास्थ्य संगठनलाई यसबारेमा जानकारी गराएको थियो । शुरुमा सार्वजनिक नगरे पनि कोरोना भाइरसको संक्रमण काबु बाहिर गएपछि राष्ट्रपति सी चिनफिङले सार्वजनिक रुपमा सम्बोधन गरेका थिए ।

तर चीनले सामाजिक सञ्जालमा यस्तो ब्लक गरे वा नगरेको पुष्टि नभएको उल्लेख छ । हालसम्म कोरोना भाइरसका कारण ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने विश्वमा ९२ हजारभन्दा बढी यसबाट संक्रमित भइसकेका छन् ।

उक्त समूले कोरोना भाइरसँग सम्बन्धित ४५ वटा शब्दलाई शुरुमै ब्ल्याकलिस्टमा राखेको छ । जसमा अननोन हुवान निमोनिया र सार्स आउटब्रेक इन हुवान जस्ता शब्द समेटिएको छ । त्यस्तै, जनवरी १ देखि ३१ सम्म यससँग सम्बन्धित १३२ वटा शब्द र फेब्रुअरी १ देखि १५ सम्म ३८४ वटा शब्दलाई ब्लकको सूचीमा समावेश गरेको थियो ।

ती शब्दहरु राष्ट्रपति सी चिनफिङ, कोरोना भाइरस, चीन सरकारको नीति,लगायतका छन् ।


क्लिकमान्डु