नेपाल घुमेर फर्किएका एकजना स्पेनिस नागरिकको कोरोना भाइरसका कारण मृत्यु



स्पेनमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको छ । स्पेनको भ्यालेन्सियाका अधिकारीहरुले फेब्रअुरी १३ मा कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको छन् ।

अधिकारीहरुले अनुसन्धानपछि मृत्यु हुने नागरिक नेपाल घुमेर फर्किको बताएका छन् । उनीहरुले ती मानिसमा नयाँ निमोनियाको संक्रमण देखिएको समेत बताएका छन् । त्यहाँका अधिकारीहरुले कोरोना भाइरसबाट थप २ जना संक्रमित भएको समेत पुष्टि गरेका छन् ।

स्पेनमा हालसम्म १६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले स्पेनमा जाने विदेशी पर्यटकहरु समेत क्वारेन्टाइनमा राखिएको छन् ।

साभार- डेलिमेल


क्लिकमान्डु