यस्तो छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चढ्ने कारको विशेषता



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजदेखि छिमेकी मुलुक भारतको भ्रमण गर्दैछन् । त्यसका लागि एक साता अघि नै उनको निजी कार भारत आइपुगेको थियो । केही महिना अघि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा पनि निजी विमान र निजी सवारीमा आएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्प जुन देशमा जान्छन, आफ्नो कार साथमै लिएरै जान्छन् । यो कार विशेष गरी उनका लागि बनाइएको कार हो । विश्वमै शक्तिशाली देशको राष्ट्रपतिले चढ्ने कारको विशेषता हामी यहाँ चर्चा गर्दैछौं ।

यो कारको नाम बिस्ट हो । कारको उद्घाटन सन् २०१८ सेप्टेम्बर २४ तारिखमा गरिएको थियो । त्यसयता राष्ट्रपति ट्रम्पले यो कार प्रयोग गरिरहेका छन् ।

कार क्याडिल्याक जनरल मोटर्सले उत्पादन गरेको हो । यो लेमिजिन मोडलको हो । यसको मूल्य नेपाली बजारमा ३० करोड रुपैयाँभन्दा बढीपर्छ । यो कारको ढोका ८ इञ्च बाक्ला छन् । जुन मिेलेट्री ग्रेड आरबाट बनेको हो ।

बोइङ ७५७ विमानको गेट जत्तिको भारी यसको ढोका हुन्छ । यसको झ्यालमा ५ वटा पर्दा हुन्छन् । जसमा काँच र पोलिकार्बोनेटबाट बनाइएको हुन्छ । र, स्वभाविक रुपमा यो बुलेट प्रुफ हुन्छ ।

कारको पछिल्लो भागमा रहेको कम्पार्टमा राष्ट्रपति डोनाल्ड ट्रम्प बस्छन् । ड्राइभर र अन्य मानिस बस्ने भाग छुट्याउनका लागि एउटा स्वीच राखिएको छ । जसलाई ट्रम्पले मात्रै प्रयोग गर्न पाउँछन् ।

त्यस्तै, ट्रम्पको सिटमा एउटा स्याटेलाइट फोन राखिएको हुन्छ । जसको सम्पर्क उपराष्ट्रपति र अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनसँग जोडिएको हुन्छ ।

कार अत्याधुनिक सर्टगन्स तथा अश्रुग्याँस पनि राखिएको हुन्छ । कारको अगाडिको हेडलाइटमा टियर ग्याँस ग्रेनेड लञ्चर पनि राखिएको हुन्छ । कारमा राष्ट्रपतिको रगतसँग मिल्ने रगत पनि अतिरिक्त राखिएको हुन्छ । साथै अक्सिजनको व्यवस्था समेत गरिएको हुन्छ ।

त्यत्ति मात्रै होइन, कतै केमिकल हमला भयो भने कारभित्र बस्ने मानिसहरु सुरक्षित हुन्छन् । हमलाको असर हुँदैन । यो कारमा केवल ड्राइभरको झ्याल मात्रै खुल्छ । त्यो पनि ३ इञ्च मात्रै । हमलाबाट कारको टायर पनि पञ्चर हुँदैन । भने कारमा असर पनि हुँदैन ।

कारको अगाडि क्यामरा लगाइएको हुन्छ । जुन रातको समयमा पनि राम्रोसँग देख्न सकिन्छ । र, यो कार चलाउनका लागि अमेरिकी सिक्रेट सर्भिस तालिम दिन्छ । जसले अत्यन्तै अप्ठ्यारो अवस्थामा पनि कार चलाउन सक्छन् । आक्रमणको अवस्थामा पनि त्यहाँबाट बचाएर लैजान सक्ने क्षमता राख्छन् ।


क्लिकमान्डु