नेपाललाई सडक सुरक्षामा १ खर्ब लगानी गर्न विश्व बैंकको सुझाव



काठमाडौं । विश्व बैंकले नेपाललाई सडक सुरक्षामा १ खर्ब रुपैयाँ खर्च गर्न सुझाव दिएको छ । विश्व बैंकको रिपोर्टमा नेपालले एक दशकभित्रमा सडक सुरक्षाका लागि मात्रै १ खर्ब रुपैयाँ खर्च गर्नुपर्ने उल्लेख गरेको हो ।

स्टकहोममा आयोजित तेस्रो ग्लोबल मिनिस्ट्रेरियल कन्फरेन्समा सडक दक्षिण एसियाको सुरक्षाबारे प्रतिवेदन प्रस्तुत गर्दै सडक दुर्घटना बढी हुने मुलुकमा नेपालसँगै भारत, भुटान, बंगलादेशलाई समावेश गरिएको छ ।

त्यसका लागि सडक सुरक्षाका कार्यक्रम ल्याउनुपर्ने समेत उल्लेख गरिएको छ । सन् २०१७÷१८ को रिपोर्टमा नेपालमा १ लाख जनसंख्यामध्ये २ हजार जना सडक दुर्घटनामा मृत्यु हुने गरेको उल्लेख छ । साथै, सडक दुर्घटना ८.५९ रहेको समेत उल्लेख छ ।

दक्षिण एसियाका नेपालसँगै भारत र बंगलादेशमा प्रत्येक वर्ष प्रति किलोमिटर ०.८७ प्रतिशतका दरले सडकमा दुर्घटना भइरहेको उल्लेख छ ।


क्लिकमान्डु