एनएमबि बैकले ८.३३ मेगावाटको चेपे खोला जलविद्युत् आयोजनामा १ अर्ब १२ करोड ऋण दिने



काठमाडौं । एनएमबि बैंकले आशुतोष इनर्जी प्रालिले लम्जुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत आयोजनामा लगानी गर्नको लागि सम्झौता गरेको छ । ८.६३ मेगावाट क्षमता भएको चेपे खोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५० करोड रुपैयाँ छ । जसमा बैंकले १ अर्ब १२ करोड ऋण दिने छ ।

चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवद्र्घकहरु तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हँुदैछ । व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०७८ फाल्गुण ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग जिल्लामा अवस्थित किर्तिपुर सब स्टेशनमा जडान गरिनेछ ।


क्लिकमान्डु