संचारमन्त्रीको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संचार सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी तत्कालको लागि अर्थमन्त्री डा युवराज खतिवडालाई दिएका छन् ।

यस्तै संचारमन्त्री बास्कोटाले नै समालेको अर्को मन्त्रालय सहरी विकासको जिम्मेवारी भौतिक योजनामन्त्री बसन्त नेम्वाङलाई दिएका छन् ।

७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा गरेका थिए ।


क्लिकमान्डु