गोकुलको राजीनामाले पुग्दैन, भ्रष्टाचार उद्योगमा छानबिन होस्: पूर्वन्यायाधीश गौरीबहादुर



काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार राजीनामा दिएपछि विशेष अदालतका पूर्व प्रमुख न्यायाधीश गौरिबहादुर कार्कीले अब राजीनामा गर्ने को–को हो भन्दै प्रश्न गरेका छन् ।

क्लिकमाण्डूसँग कुरा गर्दै कार्कीले प्रश्न सोधे– अब राजीनामा गर्ने पालो कस्को ?

सेक्युरिटी प्रेस खरिदमा यति ग्रुप पनि जोडिएको थियो । जीटुजीमार्फत यति ग्रुपलाई खरिद गर्न दिने भनिएको थियो, अब यसमा थप अध्ययन हुनु जरुरी रहेको उनले बताए ।

‘सञ्चारमन्त्रीबाट मात्रै यो कुरा टुंगिँदैन, थप अध्ययन हुनु जरुरी छ, अब यसलाई अख्तियारले अध्ययन शुरु गर्नुपर्छ,’ कार्कीले भने ।

‘प्राप्त अडियोमा घुस माग गरेको प्रष्ट सुनिन्छ, त्यसैले यो भ्रष्टाचार उद्योग भइसकेको छ, नेपाली कानूनमा भ्रष्टाचारको काम सम्पन्न नभइसकेको अवस्थामा भ्रष्टाचार उद्योग गरेको भनिन्छ, त्यसैले अख्तियारले पक्राउ गरी थप कारबाही शुरु गर्नुपर्छ,’ उनले भने ।


क्लिकमान्डु