स्वीस दुताबासले भन्यो- एजेन्ट विजय मिश्रसँग दुताबासको सम्बन्ध छैन



काठमाडौं । सेक्युरिटी प्रेस कान्डमा स्वीस दुूतावासले एजेन्ट विजयप्रकाश मिश्रसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

दुतावासले बिहीबार एक विज्ञप्ती जारी गर्दै स्वीस कम्पनीको स्थानीय एजेन्ट भनिएका मिश्रसँग कुनै पनि सम्बन्ध नरहेको जानकारी गराएको हो ।

पूर्व सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा र मिश्रबीच भएको अडियोमा मिश्रले बाँस्कोटालाई १२ गते १२ बजेपछि स्वीस एम्बेसी फोन आउने जानकारी गराएका थिए ।

त्यसको जवाफमा बाँस्कोटाले हँ… भन्ने मात्रै जवाफ दिएका थिए । मिश्रले सकेसम्म एमओयू गर्नेकी भन्ने हिसाबले दुतावासबाट आउन थालेको समेत जानकारी गराएका थिए ।

तर दुतावासले जारी गरेको विज्ञप्तीमा सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) खरिद गर्ने विषयमा पनि दुतावासको कुनै समन्वय नभएको समेत जानकारी गराएको छ ।


क्लिकमान्डु