नैतिकताका आधारमा प्रधानमन्त्रीलाई राजीनामा दिएँ: मन्त्री गोकुल बास्कोटा



काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नैतिकताका आधारमा प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन् ।

बुधबार राति ७० करोड रुपैयाँ घुस माग गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बास्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री समक्ष राजीनामा दिएको जानकारी दिएका छन् ।

दिउँसो ४ बजेर ८ मिनेटमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले राजीनामा दिएको जानकारी दिए ।

‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु । धन्यवाद ।,’ उनले लेखेका छन् ।

यसअघि बिहीबारको संसदमा सभामुख अग्नी सापकोटाले अनौपचारिक रुपमा मन्त्री बास्कोटाले राजीनामा दिएको जानकारी गराएका थिए ।


क्लिकमान्डु