सामसुङ मोबाइलको एक्सचेन्ज अफर, पुरानो मोबाइल नयाँसँग साट्न मिल्ने



काठमाडौं । सामसुङ मोबाइलका लागि आधिकारिक बिक्रेता आइएमएसले आफ्नो आधिकारिक आइएमएस स्मार्ट शोरुमहरुमा सामसुङ एक्सचेन्ज सुविधा ल्याएको छ ।

ग्राहकहरुले पुरानो सामसुङ स्मार्टफोनहरुमा राम्रो मूल्यांकन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

इच्छुक ग्राहकहरूले केवल आइएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन वेव पोर्टल मार्फत दिनेछ साथै एक्सचेन्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसुङको स्मार्टफोनको सट्टामा नयाँ सामसुङ स्मार्टफोन छनौट गर्न सक्नेछन् । यसको लागि कम्पनीले न्यूरोडको पाको, रोयल सिङ्गी होटेल आर्केड कमलादी, पिपल्स प्लाजा खिचापोखरी, अल्का अस्पताल नजिक, शेर्पामल दरवारमार्ग र पिलबोट नकिज चोक बौद्ध रहेको छ ।

‘हाम्रो लक्ष्य सँधै हाम्रा मूल्यवान ग्राहकहरूलाई उहाँहरूका अनुरोध र सुझावहरू ध्यान दिएर सुनेर उत्तम ग्राहक अनुभव प्रदान गर्नु हो । एउटा प्रमुख अनुरोध भनेको एक्सचेन्ज सुविधा प्रदान गर्नु हो जसको कारणले हामीले यस सुविधा यो नयाँ वर्ष २०२० मा सुरु गर्ने निर्णय गरेका छौ,’ आइएमएस ग्रुपका अध्यक्ष दिपक  मलहोत्राले भने ।


क्लिकमान्डु