फेसबुकले जुकरवर्गभन्दा माथि हुने गरी १५ अर्ब लगानीमा आफ्नै ‘सर्वोच्च अदालत’ बनाउँदै



विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक सञ्जाल फेसबुकले गलत र भ्रामक सूचनालाई रोक्न र गलत प्रयोग हुनबाट जोगाउन आफ्नै ‘सर्वोच्च अदालत’ बनाउने भएको छ ।

विगतमा फेसबुकको माध्यमबाट गलत काम भइरहेको भन्दै मार्क जुकरवर्गले ६ वर्षका लागि १५ अर्ब रुपैयाँ लगानी गरेर आफ्नै अदालत बनाउने घोषणा यसअघि नै गरिसकेका थिए । र, उक्त सहयोग ६ वर्षपछि पनि  निरन्तर हुने उनले बताएका छन् ।

उनले सन् २०२० मै अदालत गठन हुने र बोर्ड सदस्यहरू समेत छनोट हुनेछन् ।

फेसबुकले गठन गर्ने अदालत जुकरवर्गभन्दा माथि हुनेछ । यदी उक्त अदालतलाई कुनै कुरा गलत लागेमा हटाइदिन सक्छ । र, यो स्वायत्त नियाय हुनेछ । यदी मार्क जुकरवर्गले नचाहेको तर अदालतले ठीक देखेमा पोस्टहरु हट्ने छैनन् ।

सन् २०१८ को अन्तिमतिर फेसबुकका सीइओ जुकरवर्गले अदालत बनाउने महत्वकाक्षी योजना सुनाएका थिए । जसले जुकरवर्गलाई समेत नियमन गर्नेछ ।

सन् २०१६ मा अमेरिकमा भएको राष्ट्रपतिको निर्वाचन, सन् २०१६ मै रोहिग्या गेनोसाइडबारे भएको प्रोपोगान्डा र न्यूजिल्याण्डमा मास सुट हुँदा भएको फेसबुक लाइभपछि यसबारेमा सोच्न फेसबुक बाध्य भएको थियो ।

२ अर्बभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुकको प्रयोगमा अदालतले निर्देशिका बनाउनेछ । जसका आधारमा फेसबुकले अुनगमन र नियमन गर्नेछ ।

अदालत छुट्टै निकाय हुनेछ । जुन फेसबुकको प्रभावभन्दा टाढा हुनेछ । जहाँ मानिसहरुले छुट्टै उजुरी दिन समेत सक्नेछन् ।

जुकरवर्गले प्रत्येक १०० मा एउटा मात्रै मिस्टेकलाई सुधार गर्न सकियो भने मात्रै पनि ठूलो उपलब्धी हुने बताएका छन् । उनका अनुसार अदालतको गठनपछि फेसबुकमा हुने गलत प्रयोग रोक्न महत्वपूर्ण कदम हुने उल्लेख गरेका छन् । – एजेन्सी


क्लिकमान्डु