छिमेक लघुवित्तको नाफामा २२.७५ प्रतिशतको वृद्धि, अन्य विवरण कस्तो ?



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा २२.७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ६ महिनामा ३९ करोड २३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आवको सोही अवधिमा नाफामा ८ करोड ९२ लाख रुपैयाँले बढाएर ४८ करोड १६ लाख ३५ हजार रुपैयाँ पुर्याएको हो ।

संस्थाले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाले सो अवधिमा १७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन र अन्य बैंक तथा वित्त संस्थाबाट ४ अर्ब ८४ करोड रुपैयाँ कर्जा सापटी लिएर १९ अर्ब ९१ करोड ९७ लाख रुपैयाँ कर्जा सापटी दिएको छ ।

जसबाट संस्थाले सो अवधिमा ९८ करोड ७६ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधीमा संस्थाले १३ अर्ब १९ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन र अन्य बैंक तथा वित्त संस्थाबाट ४ अर्ब ६१ करोड ४६ लाख रुपैयाँ कर्जा सापटी लिएर १७ अर्ब ८७ करोड १२ लाख रुपैयाँ कर्जा सापटी दिएर ८० करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संचालन नाफा भने संस्थाले पुस मसान्तसम्म ७४ करोड ५६ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा संस्थाले संचालन नाफा ३९ करोड २३ लाख ५५ हजार रुपैयाँ कमाएको थियो ।

समीक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात ०.३५ प्रतिशत, मूल्य आम्दानी अनुपात १३.८३ प्रतिशत, प्रतिसेयर नेटवर्थ २०१.७९ प्रतिशत, प्रतिशसेयर कुल सम्पत्ति मूल्य १७९.७६ प्रतिशत, कस्ट अफ फण्ड ९.५४ प्रतिशत छ ।


क्लिकमान्डु