ललिता निवास जग्गामा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहद्वारा बम विस्फोट



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालका अनुसार उनी बस्ने स्वयम्भू नजिकै ढुंगेधारामा घरमा बम विस्फोट भएको हो ।

‘विस्फोटमा उनको घरको सीसा फुटेको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार ललिता निवासस्थित नेकपाका महासचिव विष्णु पौडेलको नाममा रहेको जग्गामा समेत बम भेटिएको छ ।

विप्लव समूहले बनाएको पर्चामा शोभाकान्त ढकालको घरमा सेवोटेज किन भन्ने शीर्षकमा बालुवाटारस्थित ललिता निवास परिसरको करिब ११५ रोपनी सरकार जमिनको व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपञ्चको मुख्य योजनाकार भएको ढकालको घर लक्षित गरिएको जनाएको छ ।

पर्चामा विवादित जग्गा पार्टीको नाममा आइसकेकाले अर्को निर्णय नभएसम्म खरिदबिक्री नगर्न समेत निर्देशन दिएको छ ।

 

 

 

 

 


क्लिकमान्डु