यो वर्ष सबैभन्दा बढी लाभांश दिने एनएमबिका सीइओको तलब/सुविधा वर्षको १ करोड ६६ लाख



काठमाडौं । लगानीकर्तालाई गतवर्षको नाफाबाट सबैभन्दा बढी लाभांश दिन लागेको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले गत आर्थिक वर्षमा बैंकबाट १ करोड ६६ लाख ८८ हजार ८६९ रुपैयाँ तलब/भत्ता वापत बुझेका छन् ।

बैंकले लगानीकर्तालाई ३५ प्रतिशत नगद लाभांश दिन लागेको छ । जसमा लगानीकर्तालाई २१ प्रतिशत बोनस सेयर तथा १४ प्रतिशत नगद लाभांश रहेको छ ।
एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वाएर गरेपछि वित्तीय सूचक बलियो बनाएको छ ।

एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गत आर्थिक वर्षमा तलब वापत ५९ लाख ४ हजार रुपैयाँ दिएको छ । यस्तै ५ लाख ९० हजार रुपैयाँ संचय कोष अन्तर्गत दिएको छ । ५२ लाख ४८ हजार रुपैयाँ केसीले बैंकबाट भत्ता वापत बुझेका छन् ।

४७ लाख ३७ हजार रुपैयाँ बैंकले बोनस तथा वेलफेयर फण्ड अन्तर्गत दिएको छ । २ लाख ८ हजार रुपैयाँ अन्य भत्ता वापत बुझेका छन् । बैंकले दिएको तलब भत्तामा भने केसीले कर कटाएपछि मात्र प्राप्त गर्ने गर्छन् ।

बैंकले गतवर्ष कर्मचारीको तलबको लागि १ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको थियो । यो बोनस बाहेकको रकम हो । ओमलाई मर्ज गरेपछि एनएमबि बैंकमा कर्मचारीको संख्या १५२३ जना कर्मचारी कार्यतर रहेका छन् ।


क्लिकमान्डु