अर्थमन्त्री खतिवडाले भने- बैंकको ब्याजकै कारणले बजार बिग्रन दिन्न
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको महँगो ब्याजका कारण सरकारले बजार बिग्रन नदिने बताएका छन् । बैंकको महँगो ब्याजका कारण नेपालको बजार बिग्रन थालेको व्यावसायिको गुनासोलाई सम्बोधन गर्दै यस्तो भनेका हुन् ।
‘सामाजिक सुरक्षाका कारण उत्पादित मूल्य बढ्यो भन्ने कुरामा सरकार सहमत हुन सक्दैन्, व्यावसायिका कार्यक्रममा जाँदा कामदार नपाइने गुनासो आउँछ । देशमा बेरोजगार भएर युवा बिदेश जानुपरेको छ,’ उनले भने ।
उनले व्यावसायीले उत्पादन गर्ने रोजगार र नेपालको श्रम बजार मेल खान नसकेको भन्दै यता तिर व्यावसायिको ध्यानाकर्षण गराए ।
मंगलबार भएको नेपाल निर्यात परिषदको सधारण सभाले अध्यक्षमा हरि बहादुर कार्कीलाई चयन गरेको छ ।
त्यस्तै, प्रथम उपाध्यक्षमा रमेश पोखरेल, उपाध्यक्षमा नरेशलाला श्रेष्ठ, महासचिवमा रामशरण थपलिया, सचिवमा कन्हैयालाल शाह, कोषाध्यक्षमा हरि ढकाल, सह कोषाध्यक्षमा राजु बानियाँ र सदस्यहरुमा हरिप्रसाद ढकाल, अमृतमान श्रेष्ठ, बसन्त अधिकारी, हरिप्रसाद भेटवाल र बलबहादुर नेपाली चयन भएका छन् ।