फेरि बढ्यो सुनको मूल्य, प्रतितोला ७६ हजार ५ सय पुग्यो



काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँ पुगेको छ ।

अमेरिका र इरानबीचको तनाव सिर्जना भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको हो । जसको असर नेपाली बजारमा समेत देखिएको छ ।

बुधबार तेजानी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँका कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु