मध्यरातमा किन कट्यो सशस्त्र प्रहरीले प्राधिकरणका कर्मचारी ?



काठमाडौं । विद्युत् लाइन मर्मत गरेर फर्किएका नेपाल विद्युत् प्राधिकरणका २ कर्मचारी कुटिएका छन् ।

प्राधिकरणका अनुसार जोरपाटी बितरण केन्द्रको नोलाइट टोली माथि गए राति अन्दाजी १० बजेतिर मुलपानीको लक्ष्मीनारायण चोक नजिक कुटपीट भएको हो ।
आफूलाई सशस्त्र प्रहरी बताउने समूहले उनीहरुमाथि कुटपीट गरेको घाइते कर्मचारीले बताएका छन् ।

लाइन मर्मत गरेर फर्किने बेलामा रक्सी खाएर बसेको सशस्त्र प्रहरी जनाउने केही व्यक्तिले कुटपिट गरेर घाइते बनाएको आरोप लगाएको छ । कुटपिट गर्नेमा सशस्त्र प्रहरी हवलदार छविन्द्र राइ, प्रहरी सहायक निरिक्षक प्रवीण राइ छन् । दुबै छविन्द्र र प्रवीण  गृहमन्त्रालय अन्तर्गत सिंहदरबारमा कार्यरत छन् ।

घाइतेहरुको अर्थोपेडिक हस्पिटल मा भर्ना गरिएको छ ।

कुटपीटबाट सुर्यबहादुर खत्रीको हातको बुढी औला भाचिएको छ भने सुबास खड्काको मुखमा चोट लागेको छ । कुटपीटमा संलग्नलाई पक्राउ गरी महानगरीय प्रहरी बौद्धमा राखिएको छ ।

अप्रत्यासित रुपमा कर्मचारीमाथि आक्रमण भएको जोरपाटी वितरण केन्द्रका रामु पौडेलले जानकारी दिए ।

 


क्लिकमान्डु