चौधरी ग्रुपद्वारा उत्पादित पशुपति विस्कुटको प्याकेजिङ फ्याक्ट्रीमा भीषण आगलागी



काठमाडौं । चौधरी ग्रुपको लगानी रहेको सुनसरी दुहवीस्थित पशुपति विस्कुटको प्याकेजिङ फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

मंगलबार राति ८ बजेदेखि प्याकेजिङ फ्याक्ट्रीमा आगो वागेको दुहवीस्थित प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अहिले आगो निभाउने प्रयास जारी रहे पनि राति साढे १० नियन्त्रणमा नआएको त्यहाँको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगो लागेपछि ठूलो संख्यामा स्थानीय उपस्थित भएका छन् भने अहिले पनि दमकलद्वारा आगो निभाउने कार्य जारी छ ।

 


क्लिकमान्डु