गौतम बुद्ध विमानस्थल सञ्चालनबारे छलफल गर्न म्यूनिखलाई सरकारले बोलायो



काठमाडौं । सरकारले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावस्थापन र सञ्चालनको जिम्मा दिने विषयमा जर्मन कम्पनी म्यूनिखलाई छलफलका लागि बोलाएको छ ।

गत डिसेम्बरको पहिलो साता बोलाए पनि नयाँवर्षका कारण केही ढिलाइ भएको हो ।

कम्पनीले राखेको प्रस्तावमा सरकारले गठन गरेको सिफारिस कार्यदलले केही सुझाउदै दोस्रोत पटक छलफलका लागि बोलाएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

‘व्यवस्थापन र सञ्चालनको जिम्मा दिने विषयमा छलफल गर्न जर्मन कम्पनी म्यूनिखलाई छलफलका लागि बोलाएका छौं, हामी सकरात्मक छौं,’ उनले भने ।

पहिलो चरणमा राखेको प्रस्तावमा कार्यदलले सुझाउँदै दोस्रो पटकको छलफलका लागि बोलाएको हो,’ उनले भने, ‘जर्मनीको म्युनिखले बुझाएको लिखत प्रस्तावको विषयमा कार्यदलले छलफलका लागि बोलाइएको हो ।’

सरकारले ‘जिटुजी मोडेलमा’ नेपाल सरकार– जर्मन सरकारको रहोबरमा विमानस्थलको सञ्चालन र व्यावस्थापनको टुंगो लगाउने छ ।

विमानस्थल सञ्चालन सिफारिस कार्यदलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने संयोजक, प्राधिकरणका महानिर्देशक, अर्थमन्त्रालय, लगानी वोर्ड, कानून मन्त्रालयका प्रतिनीधि छन् ।

कार्यदलले छलफल टुंगो लगाएपछि सरकारलाई सिफारिस गर्नेछ । सरकारले यसअघि गुणस्तरीय कम्पनीसँग सहकार्य गरेर सञ्चालन गर्ने अनुमति दिएको थियो ।

कार्यदलले पनि नेपाल सरकारसँग सहकार्य गरे क्यापासिटी विल्ड अप गरेर विमानस्थल सञ्चालन र व्यावस्थापन गर्ने सहकार्य भए पनि ठोस सहमति र छलफल भने बाँकी रहेको कार्यदलका एक प्रतिनीधिको भनाइ छ ।

अर्थमन्त्रालयले भैरहवा विमानस्थल सञ्चालन सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडालिटीमा जान गतवर्ष मंसिरमा सहमति दिएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनीसँग सन् २०१४ मा सम्झौता भएको थियो ।

विमानस्थल नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालनको तयारी गरिएको छ ।


क्लिकमान्डु