अष्ट्रेलियामा पर्यटनमन्त्री योगेश भट्टराईको र्यालीलाई सिड्नी प्रहरीले रोक्यो



अष्ट्रेलियाको सहर सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम उद्घाटन गर्न पुगेका पर्यटनमन्त्री योगेश भट्टराईको र्यालीलाई त्यहाँको प्रहरीले रोकेको छ ।

प्रहरीले आयोजकसँग र्याली गर्नका लागि कार्यक्रम अनुमति नलिएका बताएको छ ।

र्याली पर्यटनमन्त्री योगेश भट्टराईले गरेका थिए । जसमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहाल, न्यू साउथ वेल्समा नेपालका लागि कान्सुल अफ जनरल दीपक खड्का र काउन्सुल जनरल अफ नेपाल इन भिक्टोरियाका चन्द्र योञ्जन थिए ।

र्याली गर्न अनुमति नलिएको तथा ठूलो संख्यामा सडकमा र्याली गर्दा पैदल यात्रुलाई समेत असहज भएको प्रहरीले बताएको थियो ।

प्रहरीले र्याली रोकेपछि सहभागीहरुले आयोजकलाई गाली गरेका थिए ।

अहिले अष्ट्रेलियामा डेढेलो लागेर कम्तीमा २४ जनाको ज्यान गइसकेको छ । यस दुखद् घडीमा नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री भट्टराईको आलोचना समेत भएको छ । – एजेन्सी

तस्बिर: प्रकाश हुमागाँइ


क्लिकमान्डु