७५ हजार घुस लिँदा लिदै समातिए नापीका कर्मचारी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले ७५ हजार रुपैयाँ घुस लिँदा लिदै नापी कार्यालय वीरगन्जका सर्वेक्षक रामनरेश पासवानलाई पक्राउ गरेको छ ।

जग्गाधनीको प्रमाणपत्र पूर्जा बनाइदिने भन्दै सर्वेक्षक पासवानले सेवाग्राहीसँग घुस मागेका थिए ।

आयोगको हेटौडाबाट गएको टोलीले घुस लिँदै गर्दा सर्वेक्षक पासवानलाई नापी टोलीको कार्यालय वीरगन्जबाट पक्राउ गरेको हो । पासवानको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


क्लिकमान्डु