जीडी गोयन्का विश्वविद्यालयको क्षेत्रीय कार्यालय काठमाडौंमा



काठमाडौं । भारतस्थित जीडी गोयन्का विश्वविद्यालयले नेपालमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

अल्टिमेट कन्सलटेन्सी एन्ड एड्भाइजरी नेटवर्क (यूक्यान)सँगको संयुक्त लगानीमा क्षेत्रीय कार्यालय स्थापना गरेको युक्यानका सञ्चालक निरन्जन पन्तले जानकारी दिए ।

आइतबार पुतलिसडकस्थित यूक्यानको कार्यालयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डे र विश्वविद्यालयका प्रबन्ध निर्देशक निपुन गोयन्काले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै गोयन्काले उच्च शिक्षाका लागि विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई स्वागत गर्न आतुर रहेको भन्दै गुणस्तरीय शिक्षाका लागि विश्वविद्यालयमा आउन आग्रह गरे ।

अन्तराष्ट्रियस्तरको शिक्षा लिन चाहने विद्यार्थीलाई सेवादिने लक्ष्य सहित युक्यानले विश्वविद्यालयसँग सहकार्य गरेको पन्तले जानकारी दिए ।

कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले पनि जिडी गोयन्का विश्वविद्यालय निकै राम्रो भएको भन्दै नेपाली विद्यार्थीलाई ढुक्क भइ विश्वविद्यालयमा अध्ययन गर्न आग्रह गरे ।
उनले आफूले पनि विश्वविद्यालयमा पुगी प्रत्यक्ष अवलोकन गरेको भन्दै त्यहाँको शिक्षण पद्धति र होस्टेलको सुविधाबाट निकै प्रभावित भएको बताए ।

भारतको राजधानी नयाँदिल्ली एनसीआरमा अवस्थित विश्वविद्यालयसँग भारतभरमा ११ वटा स्कुल सञ्चालनमा छन् भने विश्वविद्यालयमा २६० वटा शैक्षिक कार्याक्रम सञ्चालनमा छन् ।

सन् २०१२ देखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय पन्त स्टडी इन यूकेका लागि पायोनियर मानिन्छन् ।

पन्तले जिडी गोयन्का विश्वविद्यालय आफैमा ब्राण्ड भएको भन्दै यूक्यानबाट काउन्सिलिङ लिएर भारत अध्ययन गर्न जाने विद्यार्थीले छात्रवृत्तिको समेत पाउने जानकारी दिए ।

विश्वविद्यालयमा आर्किटेक्चर एन्ड प्लानिड, कम्युनिकेशन, एजुकेशन, इन्जिनियरिड, फेशन एन्ड डिजाइन, हस्पिटालिटी, ह्युमनिटिज एन्ड सोसल साइन्स, कानून, म्यानेजमेन्ट एन्ड मेडिकल लगायतका कोर्स अध्यापन हुँदै आएको छ ।


क्लिकमान्डु