आयल निगमले २० प्रतिशत नगद लाभांश दिने



NOC

काठमाडौं । नेपाल आयल निगमले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभाशं दिने भएको छ । पुस २९ गते हुन लागेको निगमको ३८औं साधारण सभाले उक्त प्रस्ताव स्वीकृत गर्नेछ ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई चुक्तापुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (करसहित) वितरण गर्न स्वीकृत गर्नेछ ।

उक्त नगद लाभांश सरकारको स्वीकृतिपछि मात्रै वितरण गरिनेछ । कम्पनी ऐनमा सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको कम्पनीले सरकारको पूर्व स्वीकृति लिएपछि मात्रै लाभांश वितरण गर्न सक्ने भन्ने व्यवस्था छ ।

साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम लेखापरीक्षक नियुक्त गर्ने निजको पारिश्रमिक समेत तोक्नेछ ।

साधारण सभा निगमको कार्यालय बबरमहल काठमाडौंमा हुनेछ ।


क्लिकमान्डु