व्यवसायी कनोडियालाई ऊखु किसानको पैसा तिर्न नेपाली कांग्रेसको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसले ऊखु किसानको पैसा तत्काल भुक्तानी गर्न प्रदेश नम्बर २ का संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई निर्देशन दिएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बनेको केन्द्रीय समितिको बैठकले उपनेता कनोडियलाई तत्काल ऊखु किसानको पैसा भुक्तानी गर्न निर्देशन दिएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले ऊखु किसानको पैसा तत्काल भुक्तानी गर्न सांसद कनोडियालाई निर्देशन दिएको बताए ।

‘माइतिघरमा किसान आन्दोलन गरिरहेका छन्, व्यवसायीले किसानको पसिनाको मूल्य दिनुपर्छ,’ उनले भने ।

सांसद कनोडिया महालक्ष्मी सुगर्स मिलका सञ्चालक हुन् । कांग्रेस सांसद समेत रहेका कनोडियाले किसानको करोडौं रुपैयाँ भुक्तानी गरेका छैनन ।


क्लिकमान्डु