विज्ञ अर्थमन्त्रीले ज्ञानमा लगाए कर, किताबमा अब १३ प्रतिशत भ्याट



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा विदेशबाट आयात हुने किताबमा १० प्रतिशत भन्सार शुल्क लगाए ।

ज्ञानमा कर लगाएको भन्दै अर्थमन्त्री खतिवडाको चर्को आलोचना समेत भयो । अर्थमन्त्रालयले स्वदेशी मुद्रण उद्योगको संरक्षणको लागि विदेशबाट आउने किताबमा भन्सार शुल्क लगाएको प्रष्टिकरण दिएको थियो ।

आन्तरिक राजस्व विभागले केही दिन अगाडि नेपाल मुद्रण उद्योग संघलाई पत्र पठाउदै किताब छपाई र बाईन्डिङको सेवाको कारोबारमा मूल्य अभिबृद्धि कर लाग्ने र सो अनुसार बिल गर्न भनेको छ ।

नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतम आन्तरिक राजस्व कार्यालयको पत्रले पिन्ट्रिङ व्यवसायमा थप अन्यौलता थपेको बताउँछन् ।

‘घुमाउरो माध्यमले कर कार्यालयले किताबमा भ्याट लगाउन खोजेको देखिन्छ,हामीले यसमा थप छलफल गर्ने निर्णय गरेका छौ,’उनले भने ।

मुद्रण भएको किताबलाई मात्र कर कानूनले करछुट हुने वस्तुमा राखेपनि मुद्रण र बाईन्डिङ सेवालाई करछुट अन्तर्गत नराखेको भन्दै भ्याट लगाउन भनेको छ ।
यसले नेपालमा छापिने किताबको मूल्य अझै बढ्ने देखिन्छ ।

अध्यक्ष गौतम कर कार्यालयले भने अनुसारको भ्याट लगाएपछि किताब र प्रकाशन भएका वस्तुहरुको मूल्य बढ्ने बताए ।


क्लिकमान्डु