धादिङबेशिमा गरिमा विकास बैंकको शाखा खुल्यो



काठमाडौं । गरिमा विकास बैंकले धादिङको धादिङबेशीस्थित निलकण्ठ नगरपालिकामा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले गरेका छन् ।

उक्त शाखा स्थापनासँगै स्थानीय, संघसंस्था, उद्योगी, ब्यापारीहरुले विशेष लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित, देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फतसेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु