मुथुट भित्रिएपछि बलियो बनेको युनाइटेड फाइनान्स, सेयर किन्ने कि बेच्ने ? (प्राविधिक विश्लेषण)



युनाइटेड फाइनान्सले चालु आवको पहिलो त्रैमाससम्ममा ३७ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले १०४.७५ प्रतिशत ले नाफा वृद्धि गरेको हो ।

अघिल्लो वर्ष यही अवधिमा खुद नाफा १८ लाख ३२ हजार रुपैयाँ मात्र थियो । युनाइटेड फाइनान्सले नाफा शत प्रतिशतले बढ्नुको पछाडी खुद ब्याज आम्दानी तथा खुद शुल्क तथा कमिसन आम्दानीमा राम्रो वृद्धिको कारणले हो । कम्पनीको खुद ब्याज आम्दानी ४७.४१ प्रतिशतले बढेर ९ करोड ७ लाख रुपैयाँ तथा खुद शुल्क तथा कमिसन आम्दानी ११८३.०७ प्रतिशतले वृद्धि भई ७७ लाख १३ हजार ४ सय रुपैयाँ रहेको छ ।

गत आवको सोहि अवधिमा खुद ब्याज आम्दानी ६ करोड १५ लाख रुपैंया तथा खुद शुल्क तथा कमिसन आम्दानी ६ लाख १ हजार १ सय रुपैंया रहेको थियो । युनाईटेड फाइनान्सको इम्पेरिमेंट चार्ज शिर्षकमा ५ करोड ४ लाख रुपैंया छुट्याएको छ । गत आवको सोहि अवधिमा भन्दा ६३ प्रतिशतले बढी हो । इम्पेरिमेंट चार्जमा रकम बढ्नुको अर्थ निस्क्रिय कर्जामा ठुलो असर पर्दछ । पर्सनल खर्च तथा अन्य संचालन खर्चमा कर्मश २५.८२ प्रतिशत र १६.०९ प्रतिशतले बढेर २ करोड ८३ लाख तथा १ करोड ८४ लाख रुपैंया पुगेको छ ।

युनाइटेडले यो अवधिसम्ममा ६ अर्ब ६४ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९४ करोड ५८ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस फाइनान्सको चुक्ता पुँजी १ अर्ब १ करोड ५ लाख १९ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा २३ करोड ७६ लाख ३ हजार रुपैयाँ छ । खराब कर्जा १.५ प्रतिशतले,जोखिम भारित सम्पतिमा पुंजी कोष पर्याप्तता २१.५२ प्रतिशत, कस्ट अफ फन्ड ९.७३ प्रतिशत ,सिडी रेसियो ७५.१ प्रतिशत, बेस रेट १२.४३ प्र्रतिशत तथा स्प्रेड रेट ४.५९ प्रतिशत रहेको छ । त्यस्तै पहिलो त्रैमाससम्ममा युनाइटेडको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४१, मूल्य आम्दानी अनुपात १२१.२२ गुणा, प्रतिशेयर कुल सम्पति मूल्य ८४३.९९, तरलता अनुपात २९.४३ प्रतिशत तथा निस्क्रिय कर्जा र कुल कार्य अनुपात १.५० प्रतिशत छ ।

 

प्राविधिक विश्लेषण

मैनबती आकृति विश्लेषण

युनाइटेड फाइनान्स विहिवार कारोवार बन्द हुँदा सानो आकारको बुलिस मैनबत्ति बनेको छ,जसमा माथिल्लो भागमा मात्र स्याडो छ । यसले खरिदकर्ताको उच्च खरिदकर्ताको न्युन मनोबल रहेको संकेत गर्दछ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स ( आरएसआई )

रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले अधिक खरीद (ओभरशोल्ड जोन) मूल्य वा अधिक बिक्रि (ओभरबट जोन) परिवर्तनहरूको परिमाण मापन गर्दछ । साताको अन्तिम दिन कारोवार बन्द हुँदा आर.एस.आई ४३ दशमलव ७० आएको छ । आरएसआई ओभरवट जोनबाट पनि माथि गएकोले बुलिस मोमेन्टोम छ । आरएसआई लगातार ७० स्केल भन्दा माथिबाट फर्केको अवस्थामा सुधारको संकेत हुने गर्दछ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एम.एसी.डी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेत र एम.एसी.डी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिईन्छ । युनाइटेड फाइनान्सको मूल्यले जुन ३, २०१९मा एमएसिडी र सिग्नल वियारिश क्रस भएको थियो । अहिले पनि यहि प्रकियाले निरन्तरता पाएको छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्यडर्ड डेभिएसनको सुत्र प्रयोग भएकोले एक आपसमा निश्चित दुरी तय गर्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । युनाइटेड फाइनान्सलेको चार्ट हर्दा मुल्यले तल्लो ब्याण्डमा रहेको छ भने तीन ओटै ब्याण्ड समान्तर हिडेको छ ।

कमोडीटि च्यानल इन्डेस्क

विहिवार कारोवार बन्दसंगै कमोडीटि च्यानल इन्डेस्क ऋणात्मक १२२ स्केलमा आएको देखाउछ । सिसिआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

निस्कर्ष

युनाईटेड फाइनान्सले नाफा गत आवको पहिलो त्रैमास भन्दा १०४ प्रतिशतले वृद्धि भएको छ । खुद मुनाफा बढ्नुमा ब्याज आम्दानी तथा फि तथा कमिसन आम्दानीले भएको ४७ तथा ११८३ प्रतिशतले वृद्धि हुनुमा ठुलो भूमिका रहेको छ ।

यद्यपी इम्पेरिमेंट चार्जमा ५० लाख रुपैंया छुट्याउनु परेकोले निस्क्रिय कर्जा शुन्य दशमलव १७ प्रतिशतले बढ्यो । साथै ब्याज स्प्रेड दर पनि शुन्य दशमलव ५३ प्रतिशत घटेको छ । गत वर्ष फाइनान्सले वैदेशिक रणनीतिक साझेदार भारतको कोचीस्थित मुत्तूट फाइनान्सलाई १९० रुपैयाँका दरले २१ लाख कित्ता संस्थापक एफपिओ बिक्री गरेर वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्र्याएको हो । गत वर्षको नाफाबाट फाइनान्सले शेयरधनीलाई ३ प्रतिशत बोनश शेयर तथा कर सहित ७.५२६ प्रतिशत नगद लाभांश गरि १० प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । १ अर्ब १ करोड ५ लाख १९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको प्रस्तावित ३ प्रतिशत बोनस पश्चात १ अर्ब ४ करोड ८ लाख ३४ हजार ६४६ रुपैयाँ पूँजी पुग्छ । प्राविधिक विस्लेषणबाट युनाईटेड फाइनान्समा १४ दिने आर एस आई ४३ को स्केल भने एमएसीडी वियारिश क्रश ओभरको निरन्तरताको साथ सेन्टरलाईन भन्दा मुनि रहेको छ । यसले कम्पनी मूल्य वियरिश मोमेण्टम रहेको देखाउछ । युनाईटेड फाइनान्सको टेवा १४५ र अवरोध १८५ रुपैंयामा रहेको देखिन्छ ।


क्लिकमान्डु