भ्याली एक्सप्रेसको ५औं आउटलेट एयरपोर्टमा
काठमाडौं । मासुजन्य व्यापार गर्दै आएको भ्याली कोल्ड स्टोर प्रालि अन्तर्गतको भ्याली एक्सप्रेसले पाँचौ शाखा त्रिभुवन विमानस्थल सिनामंगलमा खोलेको छ । विमानस्थलमा रहेको पार्किङ भवनमा बुधबार एक्सप्रेसको शाखा उद्घाटन भयो ।
भ्याली एक्सप्रेसले पहिलो शाखा २०७१ सालमा चितवनमा खोलेको थियो । त्यसपछि काठमाडौंको नयाँबजार, वसन्तपुर, महाराजगञ्जमा पनि शाखा विस्तार गरिसकेको छ ।
भ्याली एक्सप्रेसमा अन्तर्राष्ट्रिय चेन रेष्टुराँले उपयोग गरिरहेको खाद्य निर्माण प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकन, चिकन वर्गर, फ्राइड चिकन, ससेज चिकन पपकर्नलगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्कने लक्ष्य लिएको कम्पनीको भनाइ छ ।
साथै रेष्टुराँमा वर्गर र ममःका साथै कोल्ड ड्रिङस समेत उपलब्ध छ ।
उक्त समूहले अहिले भ्याली कोल्ड स्टोर प्रालि, भ्याली फिड इन्डष्टी, भ्याली पोल्ट्री प्रालि, भ्याली प्लेट फिड प्रालि सञ्चालनमा छन् । पोल्ट्री व्यवसाय सम्बन्धी खोज र अनुसन्धान गरी आधुनिक, प्रविधिमैत्री र अन्रर्ताष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउन भ्याली रिसर्च फार्म स्थापना गरी सञ्चालनमा आइसकेको छ ।