वाइवाइ चाउचाउकाे आईपीओ निष्काशन गर्ने विनोद चौधरीको घोषणा



काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष तथा खर्बपति विनोद चौधरीले वाइवाइ नेपालको सेयर बजारमा आउने बताएका छन् ।

पोखरामा भएकाे लिक्टेचर फेस्टिबलमा उनले वाइवाइ एक दिन स्टकमा सूचिकृत हुने बताएका हुन । चाउ चाउ र होटलमा ठूलो लगानी गरेका चौधरीले चाउचाउ र होटललाई विश्वभर फैलाउन आवश्यक रहेको बताए । उनले भने ‘वाईवाई विश्वभर ब्राण्ड बन्ने क्रममा छ ।

नेपालको पहिलो कम्पनी न्यूयोर्कको स्टक एक्सचेन्जमा सूचिकृत होस, त्यसमा नेपाली सहभागी हुन सकुन भन्ने अपेक्षा रहेको छ । नेपालमा त निश्चिय नै हुन्छ । उनले यसअघि नै पनि वाइवाइलाई सेयर बजारमा ल्याउने उद्घोष गरेका थिए ।


क्लिकमान्डु