वायु प्रदुषणले सीमा नाघेपछि पर्यटक दिल्ली जानै छोडे




काठमाडौं । तिहारपछि दिल्लीमा देखिएको वायु प्रदुषणले सीमा नाघेपछि पर्यटकहरु दिल्ली जान छोडेका छन् । केहीदिन अघिदेखि सुरु भएको अत्यधिक बायु प्रदुषणका कारण विद्यालय बन्द हुनुका साथै विमानस्थलमा विमान अवतरण समेत हुन सकेका थिएनन् ।

ट्राभल एण्ड टुर सम्बन्धि विभिन्न एजेन्टहरुले विभिन्न एजेन्सीहरुलाई बताएअनुसार वायु प्रदुषणको खबरपछि दिल्लीको पर्यटन क्षेत्रमा निकै कमी आएको छ । दिल्ली जाने योजना बनाएका पर्यटकहरुले समेत दिल्ली यात्रा रद्द गरेर अन्यत्रै जान थालेका छन् ।

विशेषगरी दिपावलीमा रमाइलोका लागि पड्काइएको पटकाहरुका कारण वायु प्रदुषणले डरलाग्दो रुप लिएको हो ।


क्लिकमान्डु