यस्तो छ राष्ट्र बैंक डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई लागेको आरोप



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् ।

मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार राष्ट्र बैंकको संचालक समितिले श्रेष्ठमाथि लागेको आरोप छानबिन गर्न राष्ट्र बैंकका संचालक श्रीराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन भएको छ ।

छानबिन समितिमा संचालकहरु सुवोध कर्ण र रामजी रेग्मी सदस्य छन् ।

बैठकमा अर्थसचिवले एक पेजको श्रेष्ठलाई कारवाही गर्नुपर्ने पत्र पेश गरेका थिए ।

जसमा उनले एनसेलको लाभांश लैजान स्वीकृति दिएको,व्यवसायी अजेयराज सुमार्गीको पैसा बैंकबाट निकाल्न भूमिका खेलेको तथा सम्पत्ति शुद्धिकरण निवारण विरुद्द लाग्नुपर्नेमा शुद्धिकरणलाई सगाएको आरोप छ ।

यस्तै श्रेष्ठले केही बैंकको खराब कर्जा वास्तविक नदेखाएर घटाउनको लागि सहयोगी भूमिका खेलेको आरोप लागेको छ ।

बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी श्रेष्ठसँग थियो । जसमा श्रेष्ठले खराब कर्जालाई एभरग्रिनिङ गर्नको लागि मद्दत गरेका थिए ।


क्लिकमान्डु