बचतकर्ता ठग्ने युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा



काठमाडौं । काठमाडौं महानगरपालिकाले युनाइटेड बहुउद्देश्यीय सहकारीलाई ‘समस्याग्रस्त सहकारी’ घोषणा गरेको छ ।

महानगरको ३८ औं कार्यपालिका बैठकले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । बैठकले महानगरको वडा २९ मा २०६४ सालमा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक २०७४ सालबाट सम्पर्क बिहीन भएको जनाएको छ ।

महानगरको प्रशासन बिभागका प्रमुख नमराज ढकालका अनुसार १५१ जना सञ्चालक रहेको सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । ‘यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्री परिषद्मा जानुपथ्र्यो’ उनले भने ‘अहिले यो अधिकार नगर कार्यपालिकामा आएको छ । यही व्यवस्था अनुसार निर्णय भएको हो ।’ महानगर कार्यक्षेत्र बनाएर काम गर्ने १ हजार ८४८ सहकारी छन् ।


क्लिकमान्डु