पहिलो त्रैमासमा बैंकहरुको नाफा १६ अर्ब १७ करोड, तीन बैंक ३ महिनामा अर्बपति



काठमाडौं । सञ्चालनमा रहेको २८ वटा बाणिज्य बैंकको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६.२५ प्रतिशत नाफा बढाएका छन् ।

गत आवको पहिलो त्रैमासमा १५ अर्ब २२ करोड ३६ लाख ६६ हजार २५२ रुपैयाँ नाफा आर्जन गरेका बैंकहरुले चालु आवको सोहि अवधिमा आउँदा आफ्नो नाफालाई बढाएर १६ अर्ब १७ करोड ६४ लाख ६४ हजार १६० रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यो आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ । बाणिज्य बैंकले यो अवधिमा १ अर्ब १२ करोड ७५ लाख ३७ हजार १४४ रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आवको सोहि आवधिको तुलनामा ०.७५ प्रतिशतले बढी हो ।

बाणिज्य बैंकलाई पछ्याउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले बाणिज्यको भन्दा कम अर्थात १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । नबिल बैंकको नाफा गत आवको भन्दा ६.७५ प्रतिशतले बढेको छ । बढी नाफा कमाउने बैंकको तेस्रो नम्बरमा एनआईसी एसिया बैंक रहेको छ । यो बैंकको नाफा १ अर्ब ९६ लाख ५ हजार २२९ रुपैयाँ रहेको छ ।

जुन नाफा गत आवको भन्दा ३४.१३ प्रतिशतले बढी हो । चालु आवको पहिलो त्रैमासको रिपोर्ट अनुसार नाफा आर्जनमा अर्बपति समूहमा यि नै तीन वटा बैंक, राष्ट्रिय बाणिज्य, नबिल र एनआईसि एसिया रहेका छन् । सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकमा सिभिल बैंक रहेको छ । सिभिल बैंकले जम्मा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।

८ वटा बैंकको नाफा घट्यो

असोज मसान्तसम्ममा ८ वटा बैंकको नाफामा गिरावट आएको छ । सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकमध्ये २० वटा बैंकले नाफा आर्जन गरेका छन भने ८ वटा बैंकको नाफा घटेको छ । प्रतिशतको आधारमा हेर्दा सबै भन्दा बढी नाफा नेपाल बैंकको ३६.३३ प्रतिशतले घटेको छ । एनसीसी बैंकको २० प्रतिशतले घटदा इन्भेष्टमेन्टको १९ प्रतिशतले नाफा घटेको छ । नाफा घटनेमा नेपाल एसबीआई, बैंक अफ काठमाण्डू, सिभिल सिटिजन्स, सिद्धार्थ बैंक रहेका छन् ।

बैंकको नाम चालु आवको नाफा (रु.) गत आवको नाफा (रु.) प्रतिशत
जनता बैंक 366,921,250 321,954,486 13.96681
प्रभु 628,466,000 598,438,000 5.017729
सिद्धार्थ 521,438,519 525,074,757 -0.69252
नेपाल 581,823,651 913,883,801 -36.3351
सनराइज 454,367,042 331,494,865 37.06609
ग्लोबल आइएमइ 753,144,332 535,844,731 40.55272
सानिमा 593,601,622 518,870,571 14.40264
सिटिजन्स 349,169,386 428,811,611 -18.5728
सेञ्चुरी 370,815,000 274,002,000 35.33295
हिमालयन 694,222,170 649,658,866 6.859493
सिभिल 158,950,000 185,062,000 -14.1099
माछापुच्छे« 376,005,143 371,691,172 1.160633
बैंक अफ काठमाण्डू 383,725,361 386,823,286 -0.80086
नेपाल इन्भेष्टमेन्ट 844,421,000 1,054,670,000 -19.9351
एनएमबी 815,136,000 550,556,000 48.05687
नेपाल बंगलादेश 402,520,556 301,914,000 33.32292
कुमारी 401,988,789 351,803,121 14.26527
एनआईसी एसिया 1,009,605,229 752,697,206 34.13166
नेपाल एसबीआई 437,230,980 489,775,970 -10.7284
स्टयान्डर्ड चार्टर्ड 644,112,000 605,998,000 6.28946
एनसिसि 340,343,000 428,747,000 -20.6192
नबिल 1,123,587,000 1,052,466,000 6.757558
मेगा 437,407,943 404,573,373 8.11585
राष्ट्रिय बाणिज्य 1,127,537,144 1,119,074,491 0.756219
लक्ष्मी 401,946,000 303,017,000 32.648
एभरेष्ट 690,868,000 633,373,000 9.077589
प्राइम 659,767,817 581,929,455 13.37591
कृषि विकास 607,343,226 551,461,490 10.13339

 


क्लिकमान्डु