एस बैंकको सेयर किन्ने मालामाल, एकघण्टामा सेयरधनीको सम्पत्ति ७२ अर्बले बढ्यो



मुम्बई । दिपावली पछि खुलेको भारतीय सेयर बजारमा एस बैंकका लगानीकर्ताहरु निकै नै खुसी छन् ।

निजी क्षेत्रको एस बैंकमा हङकङबाट ८५ अर्ब २० करोड भारतीय रुपैयाँ लगानी आउने भएपछि यसको सेयर मूल्यमा ३० प्रतिशत बढेको छ ।

सेयर कारोबार खुलेको केही समयमा नै एस बैंकको बजार पूँजीकरण ४५ अर्ब भारतीय रुपैयाँले बढ्यो । विश्लेषकहरुले एस बैंकका लगानीकर्ता मालामाल भएको टिप्पणी गरेका छन् ।

हङकङको कम्पनी एसजिपीले ८५ अर्ब २० करोड भारतीय रुपैयाँ लगानी गर्ने खुलासा भएको छ । जसको कारण एस बैंकको सेयर मूल्य बढेको हो ।एजेन्सी


क्लिकमान्डु