चौतारी लघुवित्त वित्तीय संस्थाको नाफा २३० प्रतिशतले बढ्यो



काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले चालु आवको पहिलो त्रैमासमा १ करोड २३ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा गत आवको सोही अवधिको तुलनामा २३०.०९ प्रतिशतले बढी हो । संस्थाले गत आवको सोही अवधिमा ३७ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी ९९.३९ प्रतिशतले बढेर ३ करोड ५८ लाख ३९ हजार रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा २३०.०२ प्रतिशतले बढेर १ करोड ९४ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

१९ करोेड ९० लाख २० हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २ करोड २५ लाख ८० हजार रुपैयाँ रहेको छ । ५३ करोड १० लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १ अर्ब ६५ करोड १४ लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थाको खराब कर्जा भने बढेको छ । गत आवको पहिलो त्रैमासमा ०.४३ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा आईपुग्दा बढेर ०.६० प्रतिशत पुगेको छ । २६ रुपैयाँ ४१ पैसा प्रतिसेयर आम्दानी रहेको संस्थाको प्रति सेयर नेटवर्थ १०५ रुपैयाँ १५ पैसा रहेको छ ।


क्लिकमान्डु