अध्यक्षको चुनाव जितेपछि कुमार पन्तले भने- नेपालमा १० अर्ब लगानी भित्र्याउने छु



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले अध्यक्ष बनेलगत्तै नेपालमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिकृया दिने क्रममा उनले नेपालमा १० अर्ब रुपैयाँको लगानी भित्र्याउने प्रतिबद्धता जनाएका हुन । उनले त्यो प्रतिबद्धता पुरा गर्ने पनि जनाएका छन् । अहिले नेपालमा लगानीको आवश्यक रहेको र सरकारले पनि लगानीको लागि अपेक्षा गरेकोले सरकारको अपेक्षा पुरा गर्ने उनको तर्क छ ।

उनले आफ्नो जीतलाई केवल एक व्यक्तिको मात्रै नभएर सबै एनआरएनएको जीत भएको भन्दै आगामी दिनमा संस्थाका हित उद्देश्य अनुसार सबैलाई एकताबद्ध गरेर अघि बढने प्रण गरेका छन् ।

उनले अर्को पटकदेखि निर्वाचनको सम्मेलन नै नेपालमा नगर्ने र अनलाइन मार्फत भोटिङ गराउने र सबै सदस्यलाई भोट हाल्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिने क्रममा नवनिर्वाचित अध्यक्ष पन्तले संस्थामा राजनीतिक हुन खोजेको भन्दै आगामी दिनमा संस्थालाई त्यसबाट मुक्त गराउने बताएका छन् ।

उनले संस्थालाई राजनीतिबाट मुक्त गराउने भनेपनि नव निर्वाचित पन्तलाई नेकपा र पराजित भएका कुल आचार्यलाई नेपाली काँग्रेसको साथ रहेको थियो । एनआरएनएमा राजीति भयो भन्दै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विश्व नवौं सम्मेलन नै बहिस्कार गरेका छन् ।


क्लिकमान्डु