श्रममन्त्री गोकर्ण विष्ट र युएईका मानब श्रोत मन्त्रीबीच भेटवार्ता



काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र संयुक्त अरब इमिरेट्य (युएईका) मानब श्रोत्र मन्त्री नसिर बिन थानी अई हमालीबीच भेटवार्ता भएको छ ।

दुवईमा भएको उक्त बैठकमा नेपालबाट युएई आउने नेपाली श्रमिकहरुको हित प्रबद्र्धन गर्ने विविध विषयमा छलफल भएको छ । साथै नेपाल र युएईबीच गत जुनमा सम्पन्न भएको श्रम सम्बन्धी समझदारीपत्रलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सो समझदारी पत्रमा उल्लेख भए बमोजिमको संयुक्त कार्यदलको पहिलो बैठक आगामी नोभेम्वरको पहिलो साता हुने भएको छ ।

बैठकमा युएईमा कार्यरत नेपालीहरुको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्ने विषयका साथै युएईमा आउने नेपाली कामदारहरुको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको छ । उक्त वैठकमा श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयका सचिव विनोद के सी, यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल लगायत प्रतिनिधिमण्डलका अन्य अधिकारीहरु सहभागी भएका थिए ।


क्लिकमान्डु