सुजल फूड्सको नयाँ प्रस्तुति चोकोफन रोल्स बजारमा



सुजल फूड्सले हालै वफर रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ ।

चोकोफन रोल्स नेपालमै पहिलो पटक उत्पादन भएको बेक्ड वाफ़र रोल्स हो । सुजल फुड्सका अनुसार यो रोल्स को बाहिरी भाग अत्यन्तै क्रिस्पी छ र भित्रि भाग क्रिमी रहेको हुन्छ जुन क्रिम अत्यन्तै उत्कृस्ट र स्वादिस्ट रहेको छ ।

चोकोफन रोल्स स्टेबेरी, भनिला र कोकोनटको उत्कृस्ट स्वादहरुमा उपलब्ध रहेको छ ।

यस चोकोफन रोल्स, क्रंची वाफ़र र स्वादिस्ट फ्लेभर युक्त क्रिमको समिश्रण भएकोले, यो खादा मुखमा नै क्रिम पग्लिन्छ र यसको उत्कृस्ट स्वादले आनन्दको अनुभूति प्रदान गर्दछ । चोकोफन रोल्सको आनन्द आफुले वा आफ्ना साथीभाइहरुसँग बाडेर लिन सकिन्छ र ति खुशीका क्षणहरुलाई यसको अनुपम स्वाद ले अविस्मरणीय बनाउदछ ।

चोकोफन रोल्सको अनुपम स्वाद को मज्जा कुनै पनि समयमा लिन सकिन्छ । साथै यसलाई चिया कफीसंग, डिजर्टमा, आइसक्रिमसंग पनि उपभोग गरेर यसको स्वादको भरपुर मज्जा लिन सकिने सुजल फुड्सले जनाएको छ ।

अन्तरास्ट्रिय गुणस्तर को स्वादिस्ट फ्लेभर प्रयोग गरि संसारकै अत्याधुनिक वाफ़र रोल्स उत्पादन प्रविधि तथा अत्याधुनिक मसिनेरी बाट स्वस्थकर वातावरणमा उत्पादित चोकोफन रोल्स गुणस्तरिय छ र हरेक उत्पादनमा एकरुपता पाइन्छ ।

कम्पनीले चोकोफन रोल्स आकर्षक बक्स प्याकेजिंगमा ल्याएको छ । इम्बोस्ड र वार्निश युक्त प्याकेजिंगमा यसको विशेषताहरु तथा फ्लेभरलाइ अतिनै आकर्षक तथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ जुन हेर्दानै खाउ खाउ लाग्ने छ। एउटा बक्समा दस पीसको दुईवोटा ट्रे रहेको छ जसलाई मेटालिक र्यापरले प्याक गरिएको छ, त्यसैले यसको उपभोग गर्दा यो स्वस्थकर तथा यसको क्रिस्पीनेस यथावत रही रहन्छ । चोकोफन रोल्स उत्पादन भएको मितिले १२ महिना भित्र उपभोग गर्न मिल्दछ । १०० ग्रामको बक्सको चोकोफन रोल्स मात्र १२० रुपैयाँमा बजारमा उपलब्ध हुने छ ।

नेपाली कन्फेक्सनरी जगतको नम्बर १ ब्रान्ड चोकोफन अन्तर्गत ल्याइऐको चोकोफन रोल्सको क्रिस्पी वाफ़र तथा स्वादिस्ट क्रिमको अनुपम स्वादले हरेक उपभोक्ताको मन जित्ने र उनीहरु माझ लोकप्रिय हुने कुरामा सुजल फूड्सले पूर्ण विश्वास लिएको छ । सुजल फूड्सले प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा आफ्ना विभिन्न उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्दै आएको छ र यस नया उत्पादन चोकोफन रोल्सलाई पनि छिट्टैनै अन्तरास्ट्रिय बजार मा निर्यात गर्ने लक्ष्य राखेको छ ।


क्लिकमान्डु